फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगलले डीआर कंगोसँग १–१ गोलको बराबरी खेलेको छ।
खेलको छैटौं मिनेटमै जोआँ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। सुरुआती गोलपछि पोर्चुगलले खेलमा पकड जमाए पनि त्यसलाई लामो समय कायम राख्न सकेन।
पहिलो हाफको अतिरिक्त समयमा डीआर कंगोका योआने विस्साले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा पुर्याए। त्यसपछि दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि थप गोल निस्कन सकेन।
दोस्रो हाफमा डीआर कंगोले आक्रामक प्रदर्शन गर्दै पोर्चुगलमाथि दबाब बनाएको थियो। उसका केही प्रहार खतरनाक देखिए पनि गोलमा परिणत हुन सकेनन्। अर्कोतर्फ, कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जित निकाल्ने प्रयास गरे पनि सफल हुन सकेन।
बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक जोडेका छन्। समूह चरणको आगामी खेलमा पोर्चुगलले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने डीआर कंगोले कोलम्बियाको सामना गर्नेछ।

